भोटेकोशी बाढीपछि ३८४ यात्रु सम्पर्कविहीन

१० भाद्र, २०८३, बुधवार
सारांश
  • सम्पर्कविहीन विदेशी नागरिकमध्ये १०५ जना भारतीय, १७ जना मलेसियाली, ३ जना अमेरिकी, १२ जना बेलायती र ४ जना दक्षिण अफ्रिकी नागरिक रहेका छन् । अन्य यात्रुको राष्ट्रियता पहिचान हुन बाँकी रहेको बोर्डले जनाएको छ ।

काठमाडौँ: रसुवामा बुधबार बिहान आएको आकस्मिक भोटेकोशी बाढीपछि ३८४ जना यात्रु सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

 

बोर्डले बुधबार जारी गरेको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन् ।

 

सम्पर्कविहीन विदेशी नागरिकमध्ये १०५ जना भारतीय, १७ जना मलेसियाली, ३ जना अमेरिकी, १२ जना बेलायती र ४ जना दक्षिण अफ्रिकी नागरिक रहेका छन् । अन्य यात्रुको राष्ट्रियता पहिचान हुन बाँकी रहेको बोर्डले जनाएको छ ।

 

बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका यात्रुहरू विभिन्न यात्रा तथा पर्यटन संस्थामार्फत भ्रमणमा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । बोर्डले प्रभावित क्षेत्रमा रहेका यात्रुको अवस्थाबारे थप विवरण संकलन तथा समन्वय भइरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार